IME Life New

राष्ट्रिय वाणिज्य बैंकले शेयर ब्रोकर कम्पनी खोल्ने, विशेष साधारण सभाबाट पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले शेयर ब्रोकर कम्पनी खोल्ने भएको छ । बैंकको भदौ ५ गते सम्पन्न विशेष साधारण सभाले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने प्रस्ताब पारित गरेको हो ।

विशेष साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए ।

Esewa
Crest

विषेश साधारण सभामा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने प्रस्ताव पेश गरेका थिए ।

विशेष साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, उर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले राखे त्यस्तै, जिज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष गुरुङ्गले जवाफ दिएका थिए ।

हालसम्म बैंकले ७७ जिल्लामा २२२ वटा शाखा कार्यालय, १७८ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS