काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याज छुट दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, न्यु दँया भिन्तुना र छठ पर्वको अवसरलाई लक्षित गर्दै ब्याज छुट दिइने जनाएको छ । बैंकले आरबीबी गज्जबको अफर अन्तर्गत आफ्ना ग्राहकहरुलाई यस्तो सुविधा दिन लागेको हो । छुट २०८० कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने सम्पुर्ण ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिइने उल्लेख गरेको छ ।


















