IME Life New

राष्ट्रिय वाणिज्य बैंकद्धारा ३ कम्पनीलाई १ करोड अनुदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न कम्पनीहरुलाई उर्जा बचत कार्य गरेवापत अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकले विभिन्न तीन वटा कम्पनीलाई एक करोड ३ लाख ७४ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

जर्मन सरकारबाट केएफडाब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ईनर्जी ईफिसिएन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्र्तगतको सो रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकका अनुसार प्रिमियर अर्गानिक्स् लाई ५३ लाख ५१ हजार, हुलास स्टील इन्डस्ट्रिजलाई ३३ लाख १५ हजार, प्रिमियर स्टिललाई १७ लाख आठ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक मंगलबार एक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले यस्तो अनुदानले उर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने बताए ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले सो आयोजना कार्यन्वयनको लागि पीईएको रुपमा सहाययता सम्बन्धी कार्य गर्ने गरेको छ ।

यस आयोजनामा नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS