IME Life New

राष्ट्रिय बीमा संस्थान बिरगंज शाखाद्वारा तीन दिने जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थान बिरगंज शाखाले तीन दिने जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । संस्थानले यहि माघ १९ गतेदेखि २१ गतेसम्म तीन दिने जीवन बीमा अभिकर्ता सम्बन्धि आधारभूत तालिम सम्पन्न गरेको हो ।

बजार व्यस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा अभिकर्ताहरुको उल्लेखनीय रुपमा सहभागिता रहेको थियो।

Crest

तालिम सम्पन्न पश्चात नेपाल बीमा प्राधिकरणले तोकेको मापदण्ड अनुसार परीक्षा संचालन गरिएको थियो। तालिमको संयोजक बिरगंज शाखा कार्यालयका प्रमुख अमित श्रीवास्तवले गरेका थिए।

साथै राष्ट्रिय बीमा संस्थानले अरु शाखा कार्यालयबाट पनि तालिम कार्यक्रम सञ्चालन गरिरहेको हुनाले जीवन बीमा सम्बन्धि तालिम लिन इच्छुक व्यक्तिलाई तालिममा सहभागी हुन बीमा संस्थानले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS