IME Life New

राष्ट्रिय बीमा संस्थानद्धारा कोरोना भाइरस संक्रमण नियन्त्रण कोषमा एक करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले विश्वभर फैलिएको कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ ।

संस्थानले आज जनाए अनुसार सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षतामा आज बुधबार बसेको सञ्चालक समितिको बैठकले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हुने संक्रमणको रोकथाम, नियन्त्रण र उपचार गर्न नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा एक करोड जम्मा गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

संस्थानले सामाजिक उत्तर दायित्व अन्तर्गत सो रकम कोरोना रोकथाम तथा उपचार कोषमा जम्मा गरिएको संस्थानले जनाएको छ । साथै संस्थानले सो रकमले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्नुका साथै प्रभावित नागरिकहरुलाई उपचार गर्न र यसबाट श्रृजना हुने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS