IME Life New

राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क र नाफा दुबै घटयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासको अवधिसम्ममा आइपुगदा कम्पनीको कम्पनीको खुद नाफा र बीमाशुल्क आर्जन दुबै घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ६ अर्ब ७७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १ दशमलव ०२ प्रतिशतले कमी हो ।

Esewa
Crest

समिक्षा अवधिमा कम्पनीले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १ दशमलव ४३ प्रतिशतले घटेको हो ।गत आर्थिक वर्षको सोही अवधिमा संस्थानले ४ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा २० करोड ८५ लाख रुपैयाँ अभिकर्ता कमीशनामा खर्चीएको छ।

हाल संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख २० रुपैयाँ हजार रहेको छ । जगेडा कोषमा ३३ करोड ४४ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै, जीवन बीमा कोषमा ३२ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।यस अवधिसम्ममा संस्थानले २ अर्ब ५४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS