IME Life New

राष्ट्रिय बीमा कम्पनीको कुल बीमा शुल्क आर्जनमा ४५ प्रतिशतको वृद्धि, खुद नाफा भने घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा ७२ करोड २२ लाख ५२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ४५.१२ प्रतिशतले बढी हो । गत आवको पुस मसान्त सम्ममा कम्पनीले ४९ करोड ७६ लाख ७५ हजार कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ७ हजार ४५ वटा बीमालेख जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ हजार ७ सय ८८ वटा बीमालेख जारी गरेको थियो ।

Crest

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद नाफामा गिरावट आएको छ । चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आको पुस मसानतको अवधिको तुलनामा यो ५४.७९ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ३७ करोड २५ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको बीमा कोषमा १ अर्ब ४३ करोड ६५ लाख ४९ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १ सय २६ रुपैयाँ ३५ पैसा रहेको छ ।भने प्रतिशेयर नेटवर्थ ९ सय ८ रुपैयाँ १६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS