IME Life New

राष्ट्रिय बाणिज्य बैंकको नाफामा २० प्रतिशतले गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकको मुनाफामा २०.८५ प्रतिशतले गिरावट भएको छ। गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यस आर्थिक वर्षको ६ महिनामा ६५ करोड ८२ लाख रुपैयाँले नाफा घटेको हो। नाफामा २० प्रतिशतले गिरावट हुँदा पनि बाणिज्य बैंकहरु मध्ये बैंकले सर्वाधिक दई अर्ब ४९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। दोस्रोमा रहेको ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड रुपैयांँ छ।

गत वर्षको यहि अवधिमा बाणिज्य बैंकले तीन अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको व्याज आम्दानीमा भारि गिरावट हुँदा व्याज खर्च भने बढेको छ। यसल  खुद व्याज आम्दानी ५ अर्ब रुपैयाँबाट तीन अर्ब ९१ करोड रुपैयाँमा खुम्चिएको छ।

Esewa
Crest

बैंकले ६ महिनाको अवधिमा २ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत असार मसान्तसम्ममा बैंकले दुई खर्ब तीस अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकले खराव कर्जा ४.७७ प्रतिशतबाट ४.२३ प्रतिशतमा झार्न सफल भएको छ। आधार व्याजदर र कष्ट अफ फण्ड घटाएको छ। प्रतिशेयर आम्दानी भने ४९ रुपैयाँबाट ३८ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS