IME Life New

यूनियन लाइफ आईपिओ निष्कासनमा जुट्यो….

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

केही दिन पहिले मात्रै सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले दुई अर्ब चुक्तापूँजीमा ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपिओ सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । आईपिओ निष्कासनपछि संस्थापक ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व हुनेछ । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयरग्रुपको लगानी रहेको छ ।

Crest
 हाल यस कम्पनीमा ३ जना मात्र रहेको सञ्चालक समिति छ । कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप (गाडिया) सञ्चालक रहेका छन् ।
 
 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS