काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छि बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । उक्त तालिम असोज ६ गते देखी असोज ८ गतेसम्म संचालन हुनेछ । तालिम बिहान ९ बजेदेखी कम्पनीको प्रधान कार्यालयमा जुममार्फत हुने जनाएको छ ।
कोरोनाको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले जुम मार्फत तालिम संचालन गर्न लागेको हो । उक्त तालिममा सहभागी हुन न्यूनतम योग्यता एलएलसी उर्तिण र कृषि, पशु वा बनस्पती विज्ञानमा कम्तीमा एक बर्षको तालिम प्राप्त भएकाले आवेदन दिन सक्ने समेत कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।
इच्छुक योग्यता पुगेकाले तालिममा सहभागी हुनका लागि भदौ ३१ गते बैंकिङ समयसम्म कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पर्क गर्न भनेको छ ।


















