IME Life New

युनिक नेपाल लघुवित्तको विशेष साधारण सभाको मिति परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभाको मिति सरेको छ । यसअघि संस्थाले बैशाख २५ गतेका लागि तय गरिएको सभा अब जेठ ४ गते गर्ने जनाएको छ । सभा बिहान ११ बजे हुनेछ ।

कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना कोभिडको कारण अस्वस्थ भएकाले पूर्व निर्धारित विषयवस्तु यथावत रहने गरी सभाको मिति सारिएको कम्पनीले सूचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest

घोडाघोडी लघुवित्त वित्तीय संस्थासँग मर्जरको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा गर्न लागेको हो ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउन प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा भविश्यमा अन्य कुनै लघुुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रयोजन गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने प्रस्ताव पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS