IME Life New

युनिक नेपालले बोलायो पहिलो विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो विशेष साधारण सभा बैशाख २५ गते गर्ने भएको छ । कम्पनीले आफ्नै केन्द्रिय कार्यालयको सभा हल, बाँकेमा बिहान ११ बजे सभा गर्ने जनाएको छ । कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभा जुम प्रविधिमार्फत गर्ने भएकाले यसका लागि लिंक केही दिन अगाडी इमेल वा मोबाइलमा एसएमएस पठाउने कम्पनीले जानकारी दिएको छ ।

Esewa
Crest

सभाको प्रस्तावमा यस कम्पनी र घोडाघोडी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रस्ताव पारित गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीलाई राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउन कम्पनीको प्रवन्धपत्रमा तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, भविष्यमा कुनै पनि लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS