IME Life New

युनाईटेड फाइनान्सको २६औँ वार्षिक साधारण सम्पन्न, के के भए पारित ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । युनाईटेड फाइनान्सको २६औँ वार्षिक साधारण सम्पन्न भएको छ । फाइनान्सको सभाकक्ष दरवारमार्ग काठमाडौँमा जुम मार्फत भिडियो कन्फरेन्सिङद्धारा साधारण सभा सम्पन्न गरिएको बताएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजयकुमार मिश्रका अनुसार उक्त साधारण सभामा संस्थाको चुक्तापुँजीको करिब ८१ प्रतिशत प्रतिनिधित्व हुने गरी शेयरधनीहरुको प्रोक्शी मार्फत, भौतिक तथा भर्चुअल उपस्थिति थियो ।

Esewa
Crest

उक्त साधारण सभाले आब २०७६/७७को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको आव २०७६/७७ को वार्षिक वित्तिय विवरणहरु पारित भएको छ ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष बसन्तकुमार चौधरीले जुम मार्फत नै अध्यक्षता गरेको कार्यक्रममा सञ्चालकहरु विष्णुकुमार अग्रवाल, बेनीगोपाल मुन्दडा, मनिष खेमका, केआर बिजिमोन, रोशन अधिकारी, मतिप्रभा पाण्डेका साथै प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रलगायत कम्पनीका उच्चपदस्थ अधिकारीहरु, लेखापरीक्षकहरु, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS