IME Life New

युनाइटेड अजोडले पनि बिक्रीमा राख्यो नेपाल रिको पौने २१ लाख कित्ता शेयर, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले पनि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को करिब पौने २१ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। यसअघि आइएमई ग्रुपलगायतका समूहले पनि नेपाल रिमा रहेको आफ्नो स्वामित्वको शेयर बेचेर बाहिरिएका थिए।

युनाइटेड अजोडले नेपाल रिको २० लाख ७३ हजार ४४६ संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८१ रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि निवदेन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। शेयर खरिद निवेदन काठमाडौंको सुन्धारास्थित युनाइटेड अजोडको प्रधान कार्यालय वा थापाथलीस्थित नेपाल रिको कार्यालयमा दिन सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS