काठमाडौं । आज शेयर बजार १ दशमलव ९३ अंकले घटेर २,०६८ को विन्दुमा कायम भएको छ । आज १०३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३५ कम्पनीको शेयर मुल्य घटेको छ । आज ४ अर्ब २९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको १३ करोड ४३ करोडको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


















