IME Life New

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार तीव्रउतार चढावबीच सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक आज २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा बन्द भएको छ।

सामान्य बढेको बजारमा आज ८९ कम्पनीको शेयरभाउ बढेको छ भने १४२ कम्पनीको घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

आज नेप्से उपसमूहका १३ वटा समूहमध्ये ७ वटा बढेका छन् ६ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक १.४ प्रतिशतले बढेको छ।

हिजोको तुलनामा आज शेयर बजारमा पनि बढेको छ। आज ७ अर्ब १९ करोड रुपैयाँबराबरको कारोबार भएको छ। हिजो ५ अर्ब ६६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। आज कुमारी बैंकको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • कुमारी बैंकः ३३ करोड १३ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः २६ करोड ६२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २० करोड २३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १८ करोड ५६ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १८ करोड ३९ लाख रुपैयाँ
  • नेपाल एसबीआई बैंकः १८ करोड १९ लाख रुपैयाँ
  • साहस ऊर्जाः १५ करोड ९८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १५ करोड ९३ लाख रुपैयाँ
  • निफ्राः १४ करोड ७२ लाख रुपैयाँ
  • प्रभु बैंकः १४ करोड १३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS