IME Life New

यी अवस्थामा बैंक/वित्तीय संस्थाले खुला बजार कारोबार सञ्चालन गर्न पाउने, नत्र नपाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार सञ्चालन गर्न काउन्टरपार्टी (क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था)को योग्यता तय गरेको छ।

राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली, २०७८ मा संशोधन गर्दै खुला बजार कारोबार सञ्चालन गर्न पाउने काउन्टरपार्टीको योग्यता निर्धारण गरेको हो। राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष अनुपातको न्यूनतम ५० प्रतिशतसम्म पुँजीकोष अनुपात कायम भएका काउन्टरपार्टी खुला बजार कारोबार सञ्चालन गर्न पाउनेछन्।

Crest

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख. बमोजिमको कारबाहीमा परी समस्याग्रस्त संस्थाका रुपमा नरहेको र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (घ), (च), (छ) र (ज) बमोजिमको कारबाहीमा नपरेका काउन्टरपार्टीले पनि खुला बजार कारोबार सञ्चालन गर्न पाउनेछन्।

काउन्टरपार्टीको योग्यता सुनिश्चित गर्न बैंकका सम्बन्धित राष्ट्र बैंकको सुपरिवेक्षण विभागसँग त्रैमासिक रुपमा जानकारी माग गरिनेछ । तर आवश्यक देखिएमा जुनसुकै बखत काउन्टरपार्टीको योग्यता परीक्षण गर्न सकिने व्यवस्था संशोधित विनियमावलीमा गरिएको छ।

यसका साथै मास्टर रिपर्चेज एग्रिमेन्ट तथा सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौताबमोजिम खुला बजार कारोबारसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइएका काउन्टरपार्टी सो दायित्व राफसाफ गरेको ६ महिना अवधि पूरा नभएसम्म खुला बजार कारोबारसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन योग्य मानिने छैन ।

यसैगरी खुला बजार सञ्चालनको स्वस्थ, प्रतिस्पर्धी एवं कुशल प्रक्रियालाई बाधा पुर्याउने, काउन्टरपार्टीले एक–आपसमा मिलेमतो गरी बजारको माग, आपूर्ति, ब्याजदर एवं तरलतालाई प्रभावित पार्ने, नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (चौथो संशोधन, २०८०), २०७८ (ग) काउन्टरपार्टीले आफूले कबोल गरेको रकम लिने/दिने तथा भुक्तानी प्रयोजनार्थ बैंकमा रहेको खातामा अपर्याप्त रकम राख्ने र काउन्टरपार्टीले आफूले कबोल गरेको रकमका लागि आवश्यक योग्य सुरक्षणपत्र तोकिएको समय सीमाभित्र बैंकलाई उपलब्ध गराउन असमर्थ हुनेले खुला बजार कारोबार सञ्चालन गर्न नपाउने व्यवस्था विनियमावलीमा गरिएको छ।

OMO-Bylaws-2078_Prop_4th-Revision-upload

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS