IME Life New

यस्तो देखियो उपकार लघुवित्तको चौथो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/ ७७ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । लिमिटेडले गत आर्थिक वर्षमा ४७ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो आर्थिक वर्षमा २ करोड ४९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा २ करोड १ लाख ६४ हजार रुपैयाँले घटेको हो।

चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषको आकार २ करोड २१ लाख ३९ हजारले वृद्धि भई ७ करोड १८ लाख रुपैयाँ सञ्चित भएको छ।

Esewa
Crest

असार मसान्तसम्ममा लघुवित्तले ६८ करोड ८८ लाख ७० हजार निक्षेप संकलन र २६ करोड २७ लाख ६३ हजार रुपैयाँ सापटीबाट १ अर्ब ७ करोड १५ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा लघुवित्तले ८ करोड ८४ लाख ६३ हजारु खुद ब्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ११।४० रुपैयाँ छ। अघिल्लो आवको तुलनामा ५९।४१ रुपैयाँ रहेकोमा ४८।०१ रुपैयाँले घटेको हो। निष्क्रिय कर्जा अनुपात ०।७७ ले बढेर २।८१ प्रतिशतमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS