IME Life New

यती एयरलाई दुईवटा जहाज बेचेको बंगलादेशको वायूसेवाले थप पाँचवटा बेच्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको निजी क्षेत्रको वायू सेवा कम्पनी नोभो एयरले आफ्नो बेडामा रहेको बाँकी जहाज पनि बिक्रीका लागि प्रस्ताव गरेको छ । पाँच वर्ष अघि नै एयर बस खरिद गरेर अन्तर्राष्ट्रिय हवाई सेवा शुरू गर्ने घोषणा गरेको यो कम्पनीले भएका जहाज सबै बिक्रीमा राखेको हो ।

पाँचवटा एटिआर ५००एस विमान बिक्रीका लागि नोभो एयरले बेलायती कम्पनी एयरस्ट्रिम इन्टरनेशनल ग्रुपलाई मध्यस्थकर्ता नियुक्त गरेको हो । एयरस्ट्रिमले जारी गरेको प्रेस विज्ञप्ती अनुसार उत्पादन संकेत नम्बर ५९७, ६००, ६३६, ६४६ र ६८७ को एटिआर विमानहरू बिक्रीका लागि राखिएको छ। यी सबै विमान सन् १९९९ देखि २००२ को अवधिभित्र उत्पादन गरिएका हुन् । यस हिसाबले कम्तीमा २२ वर्ष पुराना विमान भएकाले यीमध्ये कुनै पनि विमान नेपाली वायू सेवा कम्पनीले प्रयोगमा ल्याउन सक्नेछैनन् । नागरिक उड्ययन प्राधिकरणको प्रावधान अनुसार व्यवसायीक उडान प्रयोजनका लागि १५ वर्ष पुरानो जहाज खरिद गरेर नेपाल भित्र्याउन पाइदैंन ।

Crest

“हामी नोभोएयरसँगको हाम्रो घनिष्ट र लामो समयदेखिको सम्बन्धलाई निरन्तरता दिन पाउँदा खुसी छौं, भर्खरै उनीहरूको तर्फबाट यति एयरलाइन्स (काठमाण्डौं) लाई दुईवटा एटिआर ५०० सिरिजको उत्पादन संकेत नम्बर ८०५ र ८१६ बेचेका छाैं,” एयरस्ट्रिमले विज्ञप्तिमा भनेको छ।

बंगलादेशमा पदमा नदी ६.१५ किलोमिटर लामो पुल निर्माण पछि आन्तरिक वायू सेवामार्फत् उडान गर्ने यात्रीको संख्यामा उल्लेख्य गिरावट दर्ज गरिएको छ । यसै कारणले बंगलादेशबाहिर सेवा बिस्तार गर्न वा सेवा पूर्णरूपमा बन्द गर्नका लागि निजी क्षेत्रका वायू सेवा कम्पनीलाई दबाब आइ परेको छ ।

नोभो एयरले हाल राजधानी ढाकाबाट कक्सबजार, सैदपुर, चटगाउँ, जेसोर, सिल्हेट, राजशाही र कोलकाताका लागि दैनिक उडानहरू सञ्चालन गर्दै आएको छ।

नोभो एयरका प्रमुख कार्यकारी अधिकृत मोफिजुर रहमानले एयर बस खरिद गर्ने घोषणा गरेपनि हालसम्म पनि खरिदका लागि जहाज उत्पादक वा मध्यस्थकर्तासँग सम्झाैता भई सकेको छैन । आश्चर्य लाग्दो के छ भने एउटा वायू सेवा कम्पनीको सबै जहाज बिक्रीमा राखेका उनले अर्को वायू सेवा कम्पनी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

14%

दु :खी

43%

अचम्मित

29%

उत्साहित

14%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS