IME Life New

मेरो माइक्रोफाइनान्सद्धारा कार्यदक्षता अभिवृद्धि तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ ।

अनुगमन कार्यालय लालगढ अन्तर्गत ४ जिल्लाका १० शाखा कार्यालय र डुमरिया अन्तर्गत ३ जिल्लाका १० शाखा कार्यालयका ६५ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Esewa
Crest

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय लालगढ धनुषा र डुमरिया रौतहट अन्तर्गतका सम्पूर्ण फिल्डका कर्मचारीहरुको सहभागिता रहेको थियो।

तालिममा कर्मचारीहरुलाई फिल्डसम्बन्धी विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवम् जोखिम न्यूनिकरण सम्बन्धी उपायहरु बारे सहभागीहरुलाई तालिम दिइएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले फिल्डमा कार्य गर्ने कर्मचारीहरुको विशेष जिम्मेवारी रहने बताए । साथै, यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा ब्यवहारमा ल्याउनुपर्ने समेत बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS