IME Life New

मेरो माइक्रोफाइनान्सद्वारा राहत कोषमा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले १९ स्थानीय राहत कोषमा आर्थिक सहयोग गरेको छ।

फाइनान्सले कोरोना भाइरसको रोमथाम तथा नियन्त्रणका लागि दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका वर्गहरुलाई तत्काल राहत हुने गरी संस्थाका स्थानीय तह अन्तर्गत रहेका १९ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत स्थानीयतह राहत कोषमा छ लाख ५९ हजार आर्थिक सहयोग गरेको हो।

Esewa
Crest

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले समुदाय स्तरमा निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास लिएको बताए ।
यस अघि फाइनान्सले संघिय सरकारको कोरोना नियन्त्रण तथा राहत कोषमा २५ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS