IME Life New

मेरो माइक्रोफाइनान्सको नाफा ३% ले बढ्यो, अन्य सूचक कस्तो देखियो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७६/ ७७ को अरिष्कृत वित्रीय विवरण प्रकाशन गरेको छ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा संस्थाको नाफा ३ प्रतिशतले बृद्धि गरेको वित्तीय विवरण प्रकाशन गरेको छ ।

अघिल्लो वर्ष सो अवधिमा १५ करोड ६८ लाख ८ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष १६ करोड २२ लाख ६८ हजार खुद नाफा गर्न सफल भएको हो ।

Esewa
Crest

हाल ८५ करोड ५१ लाख ४० हजार चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोष रकम भने ८४ दशमलव ८६ प्रतिशत बढी अर्थात् ३५ करोड ३३ लाख ५४ हजार कायम भएको छ ।

अघिल्लो वर्ष २४ करोड ८४ लाख ५३ हजार सञ्चालन मुनाफा गरेको उक्त कम्पनीको गत वर्ष यो मुनाफा रकम १९ करोड १३ लाख २६ हजारमा खुम्चिएको छ । अघिल्लो वर्ष शून्य रहेको खराब कर्जा संकलन गत वर्ष भने ६ करोड २८ लाख ७६ हजार संकलन भएको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत चौथो त्रैमाससम्म ३ अर्ब ९४ करोड ५१ लाख ८५ हजार कर्जा सापटी लिएको उक्त कम्पनीले ५ अर्ब ८४ करोड २८ लाख कर्जा प्रवाह गरेको छ ।सो अवधिसम्म कम्पनीले १ अर्ब ५८ करोड ६० लाख ४९ हजार निक्षेप संकलन गरेको छ ।

निक्षेप संकलन अघिल्लो वर्षभन्दा ३१ प्रतिशत बढी र कर्जा प्रवाह २५ प्रतिशत बढी भएको हो । कम्पनीले अघिल्लो वर्षभन्दा साढे ३२ गुणा बढी कर्जा सापटी लिएको छ ।

अघिल्लो वर्ष १ दशमलव २० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ६५ प्रतिशत पुगेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९८ पैसा र प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS