IME Life New

मेट लाइफद्वारा मानवसेवा आश्रममा १,७०० भन्दा बढी व्यक्तिलाई भोजन प्रदान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफको विश्वव्यापी “भोलुनटरिङ्ग विथ परपोस “अभियान र स्थानीय समुदायहरूलाई सहयोग गर्ने निरन्तर प्रतिबद्धताको एक पहलको रूपमा मेटलाइफ नेपालले “फूड फर हेल्थ“, देशभरका विभिन्न आश्रमहरूमा गएर १,७०० जनालाई पौष्टिक खाना र उत्थानका गतिविधिहरू उपलब्ध गराउने कार्यक्रम आयोजना गरेको छ । मेट लाइफका १०० भन्दा बढी कर्मचारी र अभिकर्ता सदस्यहरूले मानवसेवा आश्रमका नेपालभरका २४ वटा शाखामा ३ दिनसम्म स्वयंसेवा गरेका छन् ।

सेप्टेम्बर २८, २९ र अक्टोबर ५ मा, मेटलाइफका स्वयंसेवकहरूले भोजन तयार गरी दिएका हुन् । मेटलाइफ नेपालका उपाध्यक्ष र महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भनेः “फूड फर हेल्थ कार्यक्रम जस्ता पहलहरू मार्फत हामीले न केवल तत्कालीन आवश्यकताहरू सम्बोधन गरिरहेका छौं, तर सेवा सुविधाबाट वञ्चित समुदायहरूमा आशा र गरिमाको भावना पनि फैलाइरहेका छौं । यस स्वयंसेवा प्रयासले हाम्रो उद्देश्य र सोचहरूलाई जीवन्त बनाउँदै, आवश्यकता भएका व्यक्तिहरूको जीवनमा ठोस प्रभाव पार्ने हाम्रो प्रतिबद्धतालाई प्रकट गर्दछ ।“

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS