काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ३० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा १८ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २५ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको यस वर्ष खुद बीमा शुल्क आर्जनमा पनि गिरावट आएको छ । कम्पनीले ९ महिनामा तीन अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेको थियो । जीवन बीमा कोष भने ५.६५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको जीवन बीमा कोषमा २० अर्ब २४ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिम १९ अर्ब १६ करोड रुपैयाँ थियो ।
दाबी भक्तानीमा पनि सामान्य बृद्धि भएको छ । तीन अर्ब २ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गरेको थियो । अभिकर्ताले ९ महिनामा ३८ करोड ७ लाख रुपैयाँ प्राप्त गरेका छन् । कम्पनीको जगेडा कोषमा भने २ अर्ब ६४ करोड रुपैयाँ जम्मा भएको छ ।

















