IME Life New

मेट लाइफको खुद बीमाशुल्क आर्जन र नाफा दुबै घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफा दुबै घटेको छ ।

कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ४ अर्ब ७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १ दशमलव ३४ प्रतिशतले घटेको छ ।

Esewa
Crest

त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ३२ करोड ७९ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ५५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ४१ प्रतिशतले घटेको हो । बिमाङ्कीय मूल्यांकन पछि कम्पनीको नाफा थपघट हुन सक्नेछ ।

समिक्षा अवधिमा कम्पनीले ५ हजार ८४२ वटा दाबी वापत २ अर्ब ५३ करोड रुपैंया भुक्तानी गरेको छ भने ३६२ वटा बीमा दाबी वापतको ७० करोड ११ लाख रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको जगेडा कोषमा २ अर्ब ४३ करोडरुपैंया संचित रहेको छ भने जीवन बीमा कोष १७ करोड ८६ लाख रुपैंया छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS