IME Life New

मेगा बैंकबाट रिक्सा चालकहरुलाई रिक्सा नै धितो राखी कर्जा दिने सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंक नेपालले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ ।मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो ।

सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरेका हु्न् ।

Esewa
Crest

विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो । रिक्सा चालकहरुले आफ्नै स्वामित्वमा तीन पाङग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्नुपर्नेछ । त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ ।

मेगा बैंककी सिइओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिहरुलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ व्याजदरमा कर्जा उपलब्ध गराइने बताए ।

नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरुलाई मेगा बैंकले यो कर्जा प्रदान गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS