IME Life New

मूल्य समायोजनपछि अपी पावरको शेयरभाउ कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस शेयरका लागि अपी पावरको शेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले शेयरमूल्य समायोजन गर्दै अपी पावरको प्रतिकित्ता २९६.१९ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ३११ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

Crest

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आज कात्तिक २ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो कात्तिक १ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले कात्तिक ११ गते काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे डोकेको छ। सोही सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउनेछन्।

कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश छन्। कम्पनीको जगेडा कोष र शेयर प्रिमियममा रहेको चुक्तापुँजीको ९.५१३५ प्रतिशतबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र बाँकी रहेको ४.२५०३ प्रतिशतले हुन आउने रकम कम्पनीको जगेडा कोष वा शेयर प्रिमियममै कायम रहने कम्पनीले जनाएको छ।

सभाले अपी पावरको सहायक कम्पनी अपी इन्फ्रामा १०० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने र अपी पावरको बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७ मे.वा.) निर्माण विशेष प्रस्ताव अनुमोदन गर्नेंछ।

यसैगरी अपी पावरले दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया आयोजना (२८.३ मे.वा.) निर्माण गर्ने र अपी पावरको बहुमत स्वामित्व रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मे.वा.)को निर्माण अन्तिम चरणमा भइरहेको उक्त लगानीलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको वित्तीय विवरण स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS