IME Life New

मुद्दति निक्षेप सात वर्षमा दोब्बर हुने कामना सेवाको नयाँ योजना सार्वजनिक, सात लाखको दुर्घटना बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले करिब सात वर्षमा मुद्दतिमा जम्मा गरेको रकम दोब्बर हुने नयाँ मुद्दति खाता सञ्चालनमा ल्याएको छ । बैंकले डबल डिपोजिट सुविधाको मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।

डबल डिपोजिट मुद्दती खाता योजना अन्तर्गत ग्राहकले बैंकको मुद्दतीमा राखेको ७ वर्ष २ महिना अर्थात ८६ महिनामा दोब्बर हुने बैंकले जनाएको छ । साथै यस मुद्दति खाता अन्तर्गत एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत रहेको बैंकले जनाएको छ ।

Esewa
Crest

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११७ वटा शाखा तथा ६२ वटा एटिमएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS