IME Life New

मुक्तिनाथ विकास बैंकले ल्यायो तीज विशेष अफर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ तीज विशेष अफर योजना ल्याएको छ । हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा अफर ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरुले १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा , निःशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशूल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र भदौ महिनाभर ट्रानक्विलीटी स्पाको विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने छन् ।

Crest

यस योजनामा शर्तहरु लागु हुनेभएकाले यस योजनाका बारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS