IME Life New

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मृतक मोहोनी माया थापा मगरको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा गरेको छ ।

उक्त रकम बैंकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुबैकिङ्ग प्रमुख धु्रव राज घिमिरे, वडा सदस्य सुर बहादुर थापाले संयुक्त रुपमा मृतकका श्रीमान श्रीभूपाल थापा मगरलाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

बैंकले दमौलीस्थित साना तथा लघु बैंकिङ्ग कार्यालयमा सदस्य रहेकी थापा मगरको मृतक थापाले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको हो ।उक्त रकम मृतक मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगरलाई साँवा र ब्याज बापतको रकम ५४ हजार २७८ रुपैयाँ र काजकिरिया खर्च ५ हजार रुपैयाँ समेत गरी ५९ हजार २७८ रुपैयाँ चेक हस्तान्तरण गरेको छ ।

साथै, बैंकले तिर्न बाँकी रहेको दुई लाख ११ हजार ४४० रुपैयाँ कर्जा समेत मिनाहा गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS