IME Life New

मुक्तिनाथ विकास बैंकको २०% हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकको २० प्रतिशत हकप्रद भर्ने आज असोज १५ गते अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्कासन गरेको हो ।

यसमा साउन ३० गते सम्म कायम रहने सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।

Esewa
Crest

बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गरेको छ । मुक्तिनाथ विकास बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ ।

त्यस्तै, बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर, काठमाडौंबाट पनि फारम प्राप्त गरी आवेदन बुझाउन पनि सकिने जनाएको छ ।

हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS