IME Life New

मुक्तिनाथ विकास बैंकको नाफामा आयो सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा कम्पनीको नाफामा उल्लेख्निय सुधार आएको छ ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा ३३ दशमलव ११ प्रतिशतले बढेर १५ करोड २१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यस त्रैमासको अवधिमा बैंकको खुद नाफा पनि २८ दशमलव ५८ प्रतिशत ले बढेर २९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले २२ करोड ८७ लाख ६४ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

Esewa
Crest

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा क्रमशः १२ दशमलव७९ प्रतिशत र २८ दशमलव ९८ प्रतिशतले बढेको छ ।

बैंकको प्रतिशेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ २१ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४० रुपैयाँ ८३ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS