IME Life New

मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो, अन्य सूचक कस्तो?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा ६७ करोड ६० लाख रुपैयाँ नाफा अर्जन गर्न सफल भएको छ। बैकले गत बर्षको सोहि अवधिमा ६३ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा ८ प्रतिशतले बढेको हो ।

तेस्रो त्रैमासको अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी २४ प्रतिशतले बढेको छ। कम्पनीले तेस्रो त्रैमासमा १ अर्बै ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। बैंकले गत बर्षको सोहि अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गर्न सफल भएको थियो ।

Esewa
Crest

समिक्षा अवधिमा बैंकले ५० अर्ब ९४ करोड निक्षेप संकलन गरेको छ भने ४७ अर्ब ५६ करोड रुपैया कर्जा प्रवाह गरेको छ। हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब भन्दा बढी रकम संचित रहेको छ। बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ११ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS