IME Life New

मुक्तिनाथ बैंकका ग्राहकले विराटनगरका दुई हस्पिटलमा बिशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले विराटनगरस्थित सञ्जिवनी हस्पिटल तथा आई.भि.एफ सेन्टर प्रा.लिसँग बैंकका ग्राहकहरुलाई हस्पिटलमा उपचार गराँउदा बिशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ ।

उक्त सम्झौतापत्रमा सञ्जिवनी हस्पिटलको तर्फबाट प्रबन्धनिर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

साथै, विकास बैंकले विराटनगरकै विराट आँखा हस्पिटलसँग पनि बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छन् ।सम्झौतापत्रमा विराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले सञ्जिवनी हस्पिटल र विराट आँखा हस्पिटल, विराटनगरमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

मुक्तिनाथ विकास बैंकले हाल देशभर ११८ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS