काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ९ बनेपामा रजिष्टर्ड कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं ७ मा रजिष्टर्ड कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने उद्देश्यले आज असोज १२ गते, सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ।


















