IME Life New

मितेरी डेभलपमन्ट बैंकको बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मितेरी डेभलपमन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत पुस २७ गते सम्पन्न १५औं वार्षिक साधारणसभाले पारित गरेको हालको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

बैंकले पुस १३ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त समयपश्चात् शेयर अभौतिकीकरण गराउँने शेयरधनीहरुको हकमा डिम्याट खातामा उक्त बोनस शेयर क्रमशः जम्मा गरिने बैंकले बताएको छ ।

Esewa
Crest

त्यस्तै हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीहरुले शेयर रजिष्ट्रार प्रभु क्यापिटल वा आफुलाई पायक पर्ने प्रभु बैंक लिमिटेडको शाखा कार्यालयहरु वा अन्य कुनै निक्षेप सदस्यहरु मार्फत डिम्याट खाता खोली शेयर डिम्याट गरी बोनस शेयर सोझै आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिनेछ ।

गत पुस १३ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई निजको बोनस शेयर रोक्का भए नभएको यकिन गर्न र रोक्का नरहेको खण्डमा रोक्का समेत गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS