IME Life New

मापदण्ड उलंघन गरी निर्माण हुने भवनमा उच्च कर थाेपर्ने महानगरकाे घाेषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवनकाे सतहकाे कूल क्षेत्रफलकाे अनुपातमा खुल्ला जमीन छाेड्नुपर्ने मापदण्ड उलंघन गरी निर्माण गरिएका भवनकाे सम्पत्ती करकाे दर वृद्धि गर्ने घाेषणा गरेकाे छ।

महानगर सभामा मेयर बालेन्द्र शाहले प्रस्तुत गरेको आगामी आव २०८०।०८१ को नीति तथा कार्यक्रममा फ्लोर एरिया रेसियो ‘फार’को मापदण्ड उल्लंघन हुने गरि निर्माण भएर अभिलेखिकरण भएका र हुन बाँकी संरचनाको हकमा कर बढाउने उल्लेख छ ।

Crest

महानगरमा स्वीकृत नक्सा र मापदण्डकाे उलंघन गर्दै भाैतिक संरचना व्यापकरूपमा निर्माण भएकाे पाइएपछि मेयर शाहले करकाे दर बढाएर निरूत्साहित गर्ने रणनीति लिएका हुन् । मापदण्डको उल्लंघन हुने गरी फ्लोर एरिया अनुपातभन्दा बढी क्षेत्रफलमा भाैतिक पूर्वाधार भवन संरचना निर्माण गरी अभिलेखिकरण भइसकेका र हुन बाँकी भवन संरचनाको सम्पत्ति कर बढाउने गरी महानगरकाे आर्थिक ऐनमा व्यवस्था गरिने भएकाे छ।

काठमाडौं उपत्यकामा व्यापारिक तथा सभा सम्मेलन  प्रयाेजनकाे लागि निर्मित भवनमा ३.५ गुणा, आवासीय प्रयाेजनकाे भवनमा ४ गुणा, मिश्रित आवासीय प्रयाेजनकाे भवनमा४.५ गुणा र संस्थागत प्रयाेजनकाे भवनका लागि २.५ गुणा अनुपात निर्धारण गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS