IME Life New

माछापुछ्रे बैंकको १० प्रतिशत लाभांश पारित, सञ्चालक समितिको अध्यक्षमा विरेन्द्र महतो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. विरेन्द्र महतो चयन भएका छन् । पोखरामा भएको बार्षिक साधारणसभाले उनलाई सञ्चालक समितिमा चयन गर्दै अध्यक्षमा चयन गरेको हो ।

बैंकले प्रस्ताब गरको १० प्रतिशत नगद लाभांस समेत पारित भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

Crest

साधारण सभाले संस्थापक समूहको तर्फबाट डा. बिरेन्द्र प्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्यमा मनोनित गरेको छ । सञ्चालक समितिको बैठकले डा. बिरेन्द्र प्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

बैंकले गत बर्ष सवा अर्ब रुपैयाँ नाफा कमाएको थियो। बैंकको प्रति शेयर आम्दानी करिव १६ रुपैयाँ छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS