IME Life New

माछापुच्छ्रे बैंकले ल्यायो बीमा सुविधा सहितको स्मार्ट बचत खाता, १४ लाख भन्दा बढीको बीमा सुविधा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आर्थिक वर्ष २०७६/७७ को सुरुवातसंगै माछापुच्छ्र्रे बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै ‘माछापुच्छ्रे स्मार्ट बचत खाता’मा १४ लाख १० हजार रुपैयाँ बराबरको बीमा सुविधा थप गरेको छ ।

बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख उपलब्ध गराउने भएको छ । यसका साथै बैंकले अस्पताल भर्नामा १ लाख रुपैयाँ सम्मको उपचार खर्च प्रदान गर्नेछ । बैंकले वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्च समेत उपलब्ध गराउने भएको छ ।

Esewa
Crest

बैंक यस अघि बीमा सुविधा, औषधि उपचार खर्च, अस्पताल भर्ना लगायतका बिभिन्न विशेषताहरुको साथमा सुरु गरेको स्मार्ट बचत खाताप्रति ग्राहकहरुमा बढ्दै गएको आकर्षणलाई लक्षित गरि उक्त बचत खातामा विषेशताहरु थप गरेको हो ।

५ हजार रुपैयाँ न्यूनतम मौज्दात मै खोल्न मिल्ने माछापुच्छ्र्रे बैंकको स्मार्ट बचत स्मार्ट बचत खाताको बीमा सुविधा अन्तर्गत विभिन्न समयमा ग्राहकहरुले बीमा रकम प्राप्त गरिसकेका छ्न । जसअन्र्तगत बैंकले हालसम्म ११५ जना भन्दा बढि ग्राहकलाई बीमा रकम प्रदान गरिसकेको छ ।

बैंकले स्मार्ट बचत खोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबिएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क आश्वा सुविधा र निःशुल्क अन्तरशाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS