IME Life New

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीले होटल पोखरा ग्राण्ड पार्दी, कास्की, पोखरामा सम्पन्न भएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको बैंकले बताएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Crest

सभामा गत आर्थिक वर्षको वित्तीय विवरण छलफल तथा पारित गर्ने, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका विषयहरुमाथि छलफल गरी पारित भएको छ ।

त्यसैगरी सभामा अन्य उपयुक्त बैंक तथा वित्तयि संस्था एक आपसमा गाभ्न गाभिन तथा वैदेशिक रणनीति साझोदारीमा जान उपयुक्त देखिएको सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS