IME Life New

महुली लघुवित्तको नाफा १ करोड ५ लाखमाथि, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २२ लाख बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ८३ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको महुली लघुवित्तको जगेडा कोषमा २० करोड ५३ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्षको सोही अवधि को तुलनामा लघुवित्तको जगेडा कोष २ करोड ४६ लाख ८९ हजार रुपैयाँले बढी हो ।

Esewa
Crest

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ लाख ७३ हजार रुपैयाँ बढेर ४ करोड ५२ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ६ लाख ९ हजार रुपैयाँ घटेर १ करोड २६ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ।

समिक्षाअवधिसम्ममा लघुवित्तले १ अर्ब १४ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १ करोड ७३ लाख रुपैयाँ सापटीबाट २ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९३ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४ करोड ७० लाख रुपैयाँ सापटीबाट २ अर्ब १७ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.६२ प्रतिशतबाट बढेर २.४१ प्रतिशत पुगेको छ। वार्षिक प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ २ सय ६७ रुपैयाँ ७४ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २५.९६ गुणा कायम भएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS