IME Life New

महालक्ष्मी विकास बैंकको शाखा ठमेलमा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. २९, ठमेलमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको शुक्रबार औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका थिए । कार्यक्रमको सभापतित्व बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले गरेका थिए ।

Esewa
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए।

उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता गरे।

हाल बैंकले देशका सहरी तथा ग्रामीण क्षेत्रका१ सय वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS