IME Life New

महालक्ष्मी लाईफको ‘आजीवन बीमा’ पोलिसी औपचारिक रुपमा बिक्री सुरु, ‘एक पटक बीमा, ८४ बर्षसम्म जोखिम बहन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक पटक जीवन बीमा गरेपछि जीवनको उत्तराद्र्धसम्म जोखिम बहन र दुई पटक बीमाङ्क रकम फिर्ता पाइने महालक्ष्मी लाईफको ‘महालक्ष्मी सावधिक आजीवन बीमा’ योजना पुनः लन्च गरिएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले जनाए अनुसार आजीवन बीमा योजनामा एक पटक बीमा शुल्क भुक्तानी गरेपछि दुई पटक बीमाङ्क रकम प्राप्त हुनेछ । एक पटक जीवन बीमा गरेपछि जीवनभर जोखिम बहन हुने यस योजना अहिले समकालिन बीमा क्षेत्रको सर्वोत्कृष्ट बीमा योजनाको रुपमा अगाडि आएको छ ।

 

Esewa
Crest

महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ रमेश कुमार भट्टराईले आजीवन बीमा योजना यसअघि नै बीमा समितिबाट अनुमति प्राप्त गरेको भएपनि औपचारिक रुपमा बिक्री सुरु गरिएको बताए । उनले भने, ‘यसअघि अनौपचारिक रुपमा बिक्री गरियो, साउन २८ गते बुधबारदेखि औपचारिक रुपमा सार्वजनिक गर्दै बिक्री सुरु गरेका छौं ।’ दीर्घकालिन लगानीको हिसाबले सुरु गरिएको बीमा योजनामा सर्वसाधारणले उत्साहप्रद सहभागिता रहने विश्वास लिएको कम्पनीले जनाएको छ ।

 

कम्पनीका अनुसार ‘आजीवन बीमा’ पोलिसी  १८ वर्षदेखि ६५ वर्ष उमेरका नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।  न्यूनतम् ५ वर्षदेखि ३० वर्ष सम्मको बीमा पोलिसी खरिद गर्न सक्नेछन् । बीमा शुल्क सामान्य बीमा पोलिसी भन्दा खासै फरक नरहेको महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिईओ भट्टराईले बताए । उनले भने, ‘हामीले प्रबद्र्धनको लागि अत्यन्तै लो कष्टमा आजीवन बीमा योजना ल्याएका हौं ।’ कम्पनीका अनुसार पाँच वर्षे बीमा गर्दा समेत ८४ बर्षसम्मको जोखिम वहन हुनेछ । एक पटक बीमा गरेर परिपक्व भई बीमाङ्क रकम भुक्तानी लिईसकेपछि पनि बीमा पोलिसी जीवितै रहने छ । बीमा गरेको व्यक्ति ८४ वर्ष पुगेपछि पुनः बीमाङ्क रकम प्राप्त गर्नेछ भने त्यस यता मृत्युवरण गरेमा पुनः दावी भुक्तानी प्राप्त गर्नेछ । दुई पटक दावी भुक्तानी दिने र जीवन भर (८४ वर्ष भन्दा बढि कमै मात्रै मानिस बाँच्दछन् भन्ने मान्यताका आधारमा जीवन भर) जोखिम वहन गर्ने बीमा योजना नेपाली बीमा क्षेत्रमा नौलो बीमा योजना भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS