IME Life New

मर्जरमा जाने बीमा कम्पनीको लाभांशदर बढ्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीको लाभांशदर बढ्ने भएको छ । नेपाल बीमा प्राधिकरणले मर्जरलाई प्रोत्साहन गर्न मुनाफाबाट महाविपत्ती कोषमा पठाउनु पर्ने रकममा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । यस्तो सुविधा मर्जर पछि लगातार तीन वर्षसम्म पाइने प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणले बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ को तेस्रो संशोधन गरेको छ । प्राधिकरणको सञ्चालक समितिले यहि माघ १८ गते संशोधन गरेको हो ।

Crest

प्राधिकरणले दफा १९ लाई संशोधन गर्दै ‘गाभ्ने, गाभिने तथा प्राप्ति पश्चात स्थापना हुने बीमकले वित्तीय विवरणमा नाफा नोक्सान हिसाव अन्तर्गत बाँडफाडको लागि उपलब्ध रकम मध्ये महाविपत्ति कोषमा छुट्ट्याउनु पर्ने रकममा तीन आर्थिक वर्षसम्म ५० प्रतिशत छुट दिन सकिनेछ’ भनिएको छ ।

बीमा कम्पनीहरुले मुनाफाको ५० प्रतिशत रकम महाविपत्ती कोषमा जम्मा गरेर मात्रै लाभांश वितरण गर्न पाउने व्यवस्था छ । अव मर्जरमा जाने बीमा कम्पनीहरुले महाविपत्ती कोषमा पठाउने पर्ने उक्त ५० प्रतिशत रकमको ५० प्रतिशत मात्रै जम्मा गरे हुन्छ । यसरी बीमा कम्पनीहरुले मुनाफाको ७५ प्रतिशत रकम लाभांश बापत वितरण गर्नेछन् ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई मर्जरका लागि दावव दिदै आएको छ । दवाव सँग सँगै नीतिगत रुपमा सहुलियत पनि दिइरहेको छ । यहि क्रममा प्राधिकरणले यस्तो सुविधा दिएको हो । हालसम्म निर्जीवन तर्फ दुई वटा र जीवन तर्फ एउटा मर्जर सफल भइसकेको छ । अझै १३ वटा कम्पनीहरु मर्जरको प्रकृयाँमा छन् । अव मर्जर पछि बन्ने कम्पनीले आगामी तीन वर्षसम्म राम्रो लाभांश दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

0%

दु :खी

14%

अचम्मित

5%

उत्साहित

18%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS