IME Life New

मर्जरका लागि चार लघुवित्तलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले चार लघुवित्त वित्तीय संस्थालाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्तलाई र महुली लघुवित्तले नवकिरणलाई प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।

महिला लघुवित्तको केन्द्रीय कार्यालय घोराही दाङमा रहेको छ । जाल्पा लघुवित्तको पोखरामा केन्द्रीय कार्यालय रहेको छ।

Esewa
Crest

मर्जरसँगै लघुवित्तको नाम जाल्पा सामुदायिक लघुवित्त रहनेछ। मर्जरसँगै लघुवित्तको केन्द्रिय कार्यालय बुटलमा रहने छ भने क्षेत्रीय कार्यालय दाङ र पोखरामा रहने संस्थाले जनाएको छ ।

महिला सामुदायिक र जाल्पा लघुवित्तको मर्जरसँगै ५७ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्ने जनाएको छ ।

त्यस्तै, महुली लघुवित्तको केन्द्रीय कार्यालय सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका मा रहेको छ भने नवकिरणको केन्द्रीय कार्यालय धुलिखेलमा रहेको छ । अब मर्जरपछि लघुवित्तको नाम महुली लघुवित्त रहनेछ ।

१५ जिल्ला कार्यक्षेत्र बनाई लघुवित्त सेवा प्रदान गर्दै आएको महुली लघुवित्त वित्तीय संस्थामा राष्ट्रिय स्तरको इजजात प्राप्त गरी लघुवित्त सेवा प्रदान गर्दै आएको नवकिरण मर्ज भई सवल पुँजीगत भएको राष्ट्रिय स्तरको घ वर्गको लघुवित्त हुने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS