IME Life New

मर्जरका लागि कुमारी र देवः विकास बैंकले पाए राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले दुई बैंकबीच बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ती सम्बन्धी विनियमावली–२०७३ बमोजिम अन्तिम स्वीकृति दिएको जनाइएको छ ।

यसअघि कुमारी बैंकले जेठ १९ गते विशेष साधारण सभाबाट र देवः विकास बैंकले १३ औं वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए।

Esewa
Crest

दुई बैंकबीच गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली–२०७३ बमोजिम २०७६ माघ १ गते काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच प्राप्तिको औपचारिक हस्ताक्षर सम्पन्न भएको थियो । समझदारीपत्रमा कुमारी बैंक लिमिटेड र देवः विकास बैंकका तर्फबाट सञ्चालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय कृष्णप्रसाद ज्ञवाली र भरतबहादुर हमालले हस्ताक्षर गरेका थिए ।

दुई बैंक १०० बराबर ८६ शेयर स्वाप रेसियोमा मर्जर तथा प्राप्ति सम्झौतामा गएका हुन्। जसअनुसार देवस् विकास बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर कुमारी बैंकको ८६ कित्ता शेयर पाउनेछन्।

कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ४१ लख रूपैयाँ छ भने देवस्को ३ अर्ब ४४ करोड ८७ लाख रूपैयाँ छ। मर्जरपश्चात् बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोडभन्दा बढी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS