IME Life New

मदिरा व्यवसायी संघ काठमाडौंको चौथो साधारणसभा सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

शनिबार मदिरा व्यवसायी संघ काठमाडौले आफ्नो चौथो साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष महेन्द्रमान श्रेष्ठले उद्घाटन गरेका थिए । उनले कानुनको अधिनमा रहेर गरिने सबै प्रकारका पेशा–व्यवसाय को संरक्षण राज्यले गर्नुपर्ने धारणा राखे । मदिरा व्यवसायको बारेमा सरकारले पछिल्लो समय पुर्वाग्रही मानसिकताले व्यबहार गर्नखोजेको आरोप लगाउँदै श्रेष्ठले निजि क्षेत्रको लगानी सुरक्षाको लागि निरन्तर लागिपर्ने प्रतिबद्धता जाहेर गरे ।

आयातलाई प्रतिष्ठापन गर्ने उद्देश्यसहित अन्तरास्ट्रिय गुणस्तरको मदिरा उत्पादन गर्नुपर्ने उनको सुझाव थियो । विषेश अतिथि नेपाल मदिरा व्यवसायी महासंघका पुर्व अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य सन्तोष पाण्डेले मदिरालाई निषेध नभई नियन्त्रण गर्नुपर्ने धारणा राखे । घरेलु मदिराले विभिन्न बिकृती निम्याएको भन्दै पाण्डेले घरेलु मदिरा पुर्णरुपमा प्रतिबन्ध लगाउन माग गरे । उनले भने, “आज पनि नेपालमा ६३ प्रतिशत घरेलु मदिरा खपत भइरहेको छ । घरेलु मदिरा एकातिर करको दायरामा छैन

Crest

अर्कोतिर यसमा कुनै मापदण्ड र गुणस्तरको बिषयले प्रवेश पाउँदैन । त्यसैले मदिरा नियन्त्रण गर्ने हो भने सबैभन्दा पहिला घरेलु मदिरा उत्पादन, बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाउन जरुरी छ ।” नेपाल मदिरा व्यवसायी महासंघका पुर्व अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य राम श्रेष्ठले देशैभरका संघहरुमध्ये काठमाडौ सबैभन्दा सक्रिय प्रभावकारी रहेको अनुभव सुनाए ।

वर्तमान गृहमन्त्रीले मदिरा व्यवसायलाई ध्वस्त पार्न लागिपरेको आरोप लगाउदै श्रेष्ठले बिस्तृत अध्ययन गरेर मात्रै मदिरा नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिए । मदिरा व्यवसायी संघ काठमाडौका अध्यक्ष तथा कार्यक्रमका सभापति सोनाम शेर्पाले पेशागत हकहितका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए । मदिरा उत्पादन, बिक्रीवितरण र सेवनलाई मर्यादित बनाउन आफुहरु पनि सकारात्मक रहेको बताउदै शेर्पाले व्यवसायलाई निषेध र निरुत्साहित नभई व्यवस्थित बनाउनेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे ।

मदिरा व्यवसायी संघ काठमाडौका उपाध्यक्ष गोविन्द बरालले मदिरा व्यवसायलाई थप व्यवस्थित र सामाजिक बनाउने, राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने, राजस्व चुहावट लगायत अन्य बिषयमा सरकारलाई सहयोग गर्न आफुहरु सधैं तयार रहेको बताए । साधारणसभामा काठमाडौका महासचिव राजन केसीले प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा संघका काठमाडौ, भक्तपुर र ललितपुरका पदाधिकारी लगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS