IME Life New

मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको शेयरमाा आज आइतवार बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो। कम्पनीले संस्थापक समूहको ९ हजार एक सय ८७ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

Esewa
Crest

लगानीकर्ताले भदौ १५ गते, मंगलबारबाट आज भदौ २० गते, आइतबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आईपुग्ने गरी आवेदन दिन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS