IME Life New

मञ्जुश्री फाइनान्सको ऋणपत्र माघ १८ गतेदेखि बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सले माघ १८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३ लाख कित्ता बिक्री गर्नेछ ।निष्काशन गरिने कुल ऋणपत्रमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो।

Esewa
Crest

उक्त ऋणपत्रको नाम‘९ दशमलव ५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ रहेको छ।फाइनान्सले प्रति ऋणपत्र एक हजार अंकित मूल्यका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा माघ २१ गते बन्द हुनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २ गतेसम्म लम्बिनेछ।

सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ। फाइनान्सले आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्ने जनाएको छ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले फाइनान्सलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएबिएल एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS