IME Life New

मंसिरका लागि वाणिज्य बैंकमध्ये १२ वटाले घटाए ब्याजदर, एउटाले बढाउँदा ७ वटाको स्थिर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिरमा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्। हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १२ वटा ब्याजदर घटाएका छन् भने ७ वटाले स्थित रहेका छन्। एउटा वाणिज्य बैंकले भने ब्याजदर बढाएको छ।

ब्याजदर घटाउने वाणिज्य बैंकमा स्ट्यान्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, एनएमबि, एनआईसी एसिया, नेपाल एसबीआई, नबिल, माछापुच्छ्रे, लक्ष्मी सनराइज, कुमारी, ग्लाबल आइएमई, सिटिजन्स र कृषि विकास बैंक छन्। मंसिरका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्ट्यान्डर्ड चार्टर्डले ६.२५ प्रतिशत, प्राइम कमर्सियलले ५.७५ प्रतिशत, एनएमबिले ५.५७ प्रतिशत, एनआईसी एसियाले ६.७९ प्रतिशत, नेपाल एसबीआईले ६ प्रतिशत, नबिलले ५.७५ प्रतिशत, माछापुच्छ्रेले ६ प्रतिशत, लक्ष्मी सनराइजले ५.५ प्रतिशत, कुमारीले ५.९१ प्रतिशत, ग्लाबल आइएमईले ५.७५ प्रतिशत, सिटिजन्सले ५.६५ प्रतिशत र कृषि विकास बैंकले ५.५४ प्रतिशत निर्धारण गरेका छन्।

Crest

कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्ट्यान्डर्ड चार्टर्डले ६.५ प्रतिशत, प्राइम कमर्सियलले ६ प्रतिशत, एनएमबिले ६.५ प्रतिशत, एनआईसी एसियाले ६.९९ प्रतिशत, नेपाल एसबीआईले ६.५ प्रतिशत, नबिलले ६.२५ प्रतिशत, माछापुच्छ्रेले ७ प्रतिशत, लक्ष्मी सनराइजले ६ प्रतिशत, कुमारीले ६.०१ प्रतिशत, ग्लाबल आइएमईले ६.२५ प्रतिशत, सिटिजन्सले ५.७५ प्रतिशत र कृषि विकास बैंकले ५.७६ प्रतिशत कायम गरेका थिए।

कात्तिकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई एभरेष्ट, हिमालयन, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, सानिमा र सिद्धार्थ बैंकले मंसिरमा निरन्तरता दिएका छन्। कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभरेष्टले ६ प्रतिशत, हिमालयनले ६.२५ प्रतिशत, नेपाल बैंकले ५.९५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६.५ प्रतिशत, प्रभुले ६.१० प्रतिशत, सानिमाले ६.१५ प्रतिशत र सिद्धार्थ बैंकले ६ प्रतिशत कायम गरेका थिए। अब यही ब्याजदरले मंसिरमा निरन्तरता पाउनेछ।

मंसिरका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर ६ प्रतिशत कायम गरेको छ। कात्तिकमा ५.८० प्रतिशत थियो।

मंसिरका लागि व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एसियाले सबैभन्दा बढी ६.७९ प्रतिशत ब्याजदर दिने भएको छ भने सबैभन्दा कम लक्ष्मी सनराइज बैंकले ५.५० प्रतिशत दिने भएको छ।

नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत कम संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर र रेमिट्यान्स मुद्दति निक्षेपमा १ प्रतिशत बढी अधिकतम ब्याजदर निर्धारण गर्न पाउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS